काठमाडाैं । अमेरिका पठाईदिन्छु भनी रकम ठगी गरेकाे आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे टाेलीले काभ्रेपलाञ्चोक बनेपा ४ घर भई हाल काठमाडाैं २६ सिनामंगल बस्ने बर्ष ४६ की पार्वती थापालाई पक्राउ गरेकाे हाे ।
पीडित हेमराज रेग्मीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि तीस लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनी पटकपटक गरी जम्मा रु. चौध लाख नब्बे हजार रुपैयाँ रकम लिई पार्वती थापा सम्पर्क विहीन भएकी थिइन् ।
थापाले अमेरिकामा तीन लाख पचास हजार रुपैयाँ भन्दा धेरै तलव हुन्छभनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा चौध लाख नब्बे हजार रुपैयाँ रकम लिएकाे प्रहरीले जनाएकाे छ ।
चौध लाख नब्बे हजार रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागले काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्र लेखेकाे थियाे ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज पार्वती थापाको खोजतलास गर्ने क्रममा मिति २०८० पुस १२ गते दिउसाे सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएकाे जनाएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google