
काठमाडौं । सशस्त्र प्रहरी अस्पतालकी डाक्टर महिमा सिटौलालाई सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना प्रकाशित गरिएको छ । गृह मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी सशस्त्र प्रहरी निरीक्षक डा. महिमालाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।
बिदा स्वीकृत नगराई लामो समयदेखि सिटौला कार्यालयमा उनुपस्थित रहेको कारण उनलाई सेवाबाट हटाउने तयारी भएको सूचनामा उल्लेख छ ।
सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत सिटौला गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको जनाइएको छ।
‘बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रही सम्पर्क स्थापित गर्न नसकिएको र तपाईँले पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य गरेको देखिएको हुँदा तपाईँलाई सशस्त्र प्रहरीको नियमावली अनुसारको कसुरमा विभागीय कारबाही गर्न लागिएको व्यहोरा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘तपाईँउपर विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कारणसहित सफाई पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google