
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१) आयोजना गर्ने घोषणा गरेको छ।शनिबार बेलुका क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार एनपीएल २०२६ को मिति तय गरिएको हो। यसअघिका संस्करण तिहारपछि मङ्सिरमा आयोजना हुँदै आएकोमा यसपटक क्यानले दशैँ र तिहारको बीचको समय रोजेको छ।
प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी छ। क्यान स्रोतका अनुसार तिहारको दुई दिनबाहेक अन्य दिनमा नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ।
एनपीएलका लागि खेलाडीको लिलामी (अक्सन) प्रक्रिया सम्पन्न भइसकेको छ भने हाल सहभागी टोलीले वैदेशिक खेलाडी अनुबन्ध गर्ने कार्यलाई तीव्रता दिइरहेका छन्।
























































































































.jpg)


















































































































































.jpeg)










प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google