साफ यू–२० च्याम्पियनसिप :  समूह ‘ए’ को अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दै

दर्पण दैनिक ६ भाद्र २०८१,०६:५५
post

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज (बिहीबार) घरेलु टोली नेपाल बंगलादेशसँगै भिड्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। 
यो खेलको विजेता टोली समू विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन् ।
 
समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन् । समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्ने छ। 

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ । 

उता श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ । समूह बी बाट भने भारत, भुटान र मालदिभ्स तिनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ । 

भारतले पहिलो खेलमा भुटानमाथि १–० को कठिन जित निकालेको थियो। भुटानले भने आफ्नो दोस्रो खेलमा बुधबार मालदिभ्सलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुग्ने सम्भावना जिवित राखेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार भारत र मालदिभ्स खेल्न बाँकी छ। यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: