राेहित शर्मा र विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

दर्पण दैनिक १७ असार २०८१,०७:२४
post

काठमाडौँ । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र ब्याटर एवं पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

टी–२० विश्वकप २०२४ को उपाधि जिते लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् ।

'यो मेरो अन्तिम खेल हो, फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो । मैले हरेक क्षण आनन्द लिए । विदा लिने यो‌ समय हो ।’

खेलपछिको पत्रकार सम्मेलनमा काेहलीले भने ‘यो सन्यास लिने सही समय हो । अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ । यो भारतका लागि मेरो अन्तिम टी–२० विश्वकप खेल थियो ।’

फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले उपाधि जित्दा कोहली प्लेयर अफ दी म्याच घोषित भए । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए । 

५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए । भारतका लागि १ सय २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन् ।

सन् २०१० मा डेब्यु

कोहलीले सन् २०१० मा हरारेमा भएको खेलमा जिम्बाव्वेविरुद्ध डेब्यु गरेका थिए । अन्तिम खेल भने दक्षिण अफ्रिकाविरुद्ध रह्यो । एक समय कप्तान समेत रहेका कोहलीले टी–२० आईमा भारतको लागि एक सय २५ खेल खेलेका छन् । जसमा चार हजार एक सय ८८ रन बनाएका हुन् । जसमा एक सतक र ३८ अर्धतक बनाएका हुन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: