
काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी-२० आई सिरिजको फाइनल खेल आज हुँदैछ । फाइनल खेहमा उपाधीका लागी आज (शनिबार) नेपाल र हङकङ भिड्दै छ ।
अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो ।
नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०।८५३ छ । अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो ।
हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको लागि आज (शनिबार) नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google