काठमाडौंमा जारी यु–१९ साफ च्याम्पियनसिपमा पाकिस्तान सेमिफाइनलमा

दर्पण दैनिक ६ आश्विन २०८०,२०:१३
post

काठमाडौं । काठमाडौंमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पाकिस्तान माल्दिभ्ससँग बराबरी खेल्दै सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको बराबरीमा खेल्दै सेमिफाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । समूह ‘ए’ मा रहेको पाकिस्तान दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
    
आजको खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लिएको थियो । माल्दिभ्सका खेलाडी सानन रसिद रसादले खेलको ३९ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएका थिए । 
    
त्यसपछि खेलको ८४ औँ मिनेटमा पाकिस्तानका साह जहानले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन र पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो । 
    
समूह ए मा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन् ।  पाकिस्तानले दुई खेलमा चार अङ्क जोडेको छ भने एक खेल खेलेको माल्दिभ्सको एक अङ्क छ । नेपाल अङ्कविहीन छ ।  नेपाल र माल्दिभ्सबीच यही असोज ८ गते प्रतिस्पर्धा हुनेछ । त्यसको विजेता टोली सेमिफाइलनमा पुग्नेछ । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: