महिला यू-१९ टी-२० क्रिकेट : बंगलादेशसँग हार्याे नेपाल

दर्पण दैनिक ५ माघ २०८१,१४:५९
post

काठमाडौँ । महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले पहिलो खेलमा बंगलादेशसँग हार बेहोरेको छ । नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

समुह डी अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै १८.२ ओभरमा अल आउट हुदै ५२ रन बनाएको थियो । अब नेपालले दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्ने छ ।   

आजदेखि शुरु भएको विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ । त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५