एनपीएल : आज २ खेल हुँदै

दर्पण दैनिक २० मंसिर २०८१,०९:१२
post

काठमाडौं । नेपाल प्रिमिय लिग (एनपीएल)मा आज (बिहीबार) पनि २ खेल हुँदै छन् । प्रतियोगितामा आज बिहान ९ बजेदेखि हुने खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो । 

प्रतियोगितामा पोखराको भने यो दोस्रो खेल हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो । पोखरा आज पहिलो जितको खोजीमा हुनेछ । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो खेल हो ।

यसअघि सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । काठमाडौंको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौंले एकमा जित र एकमा हार व्यहोरेको छ । काठमाडौंले पहिलो खेलमा चितवनसँग पाँच विकेटको हार व्यहोर्दा दोस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: