काठमाडाैं । एसियाली खेलकुदको औपचारिक सुरुवात सेप्टेम्बर २३ मा चीनको हाङ्जाओमा हुँदैछ । यसअघि केही खेलकुद प्रतियोगिताहरु सुरु भइसकेका छन् । मंगलबार राति भारतको पुरुष फुटबल टोलीले समूह ‘ए’ मा चीनसँग प्रतिस्पर्धा गरेको थियो । भारतको सुरुवात खराब रह्यो र चीनसँग ५–१ ले पराजित भयो ।
भारतले अब अर्को चरणमा पुग्न बंगलादेश र म्यानमारलाई जित्नुपर्नेछ । सन् २०१० पछि एसियाली खेलकुदमा पहिलो गोल गरेको छ । यो गोल राहुल केपीले पहिलो हाफको इन्जुरी समयमा गरेका थिए ।
समूह ‘ए’ मा भारत र चीनबाहेक बंगलादेश र म्यानमारका टोली छन् । फिफा वरियतामा चीन ८०औँ र भारत ९९औँ स्थानमा छ । म्यानमार १६०औँ र बंगलादेश १८९औँ स्थानमा छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google