विश्वकपको क्वार्टरफाइनलमा यी ८ टोलीबिच हुँदैछ भिडन्त

दर्पण दैनिक २४ असार २०८३,०८:३९
post

आज बिहानबाट जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।  गएराति र आज बिहान भएका खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड विजयी भएपछि क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो । 

फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड अन्तिम ८ मा पुगेका छन् । बाँकी ४० टोली विश्वकप २०२६ को दौडबाट बाहिरिएका छन् । 

गएराति भएको खेलमा अर्जेन्टिनाले इजिप्ट र आज बिहान भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पराजित गरेका छन् ।  

अब क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग र अर्जेन्टिनाले स्विट्जरल्यान्ड सँग भिड्ने छन् । 

क्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै ६ टोली पुगेका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टोलीले स्थान बनाए छन् । 

एशियासहित अन्य महादेशबाट जारी विश्वकपको क्वार्टटफाइनमा प्रतिनिधित्व नहुने भएको छ । 

जारी विश्वकपको सहआयोजक अमेरिका, मेक्सिको र क्यानडा पनि विश्वकबाट बाहिरिएका छन् । त्यसैगरी पाँच पटकको विश्व विजेता ब्राजिल, पोर्चुगल, जर्मनी जस्ता देश पनि प्रतियोगिताबाट बाहिरिएका छन् ।  क्वाटरफाइनलका खेल बिहीबार रातिदेखि सुरु हुँदैछन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२
post

च्याम्पियन बन्याे नेपाल

२५ जेष्ठ २०८३,१७:०६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: