
काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (नेपाल प्रहरी एकेडेमी) ले आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यसम्पादन करार (Performance Agreement) सम्पन्न गरेको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारी तथा प्रत्यक्ष मातहतका कार्यालय प्रमुखहरूबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रमका बिच एआइजी राजन अधिकारी र मातहतका तीन प्रमुख निकाय—नेपाल प्रहरी शिक्षालयका समादेशक, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यबीच आ.व. २०८३/०८४ को कार्यसम्पादन सम्झौता हस्ताक्षर गरिएको प्रहरीले जनाएको छ।
कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रमसँगै गत आर्थिक वर्ष २०८२/०८३ मा भएका कार्यसम्पादन सम्झौताको विस्तृत प्रगति समीक्षा समेत गरिएको थियो। गत वर्ष तोकिएका लक्ष्य तथा हासिल भएका उपलब्धिबारे छलफल गर्दै आगामी वर्ष तालिम र अनुसन्धानको गुणस्तर थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक एआइजी अधिकारीले नेपाल प्रहरीको दक्षता वृद्धि र व्यावसायिकता विकासमा तालिम केन्द्रहरूको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै कार्यसम्पादन करार बमोजिमका लक्ष्यहरू तोकिएकै समयमा उच्च गुणस्तरका साथ हासिल गर्न निर्देशन दिए ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






































































-1787461102.jpg)





.jpeg)








































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)






























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google