प्रतिनिधिसभामा सांसद संख्या १६५ बनाइयोस् : खिमलाल देवकोटा

दर्पण दैनिक २४ जेष्ठ २०८०,१९:२८
post

काठमाडौं ।  राष्ट्रिय सभामा प्रतिनिधिसभाको संख्यालाई लिएर प्रश्न उठेको छ । प्रतिनिधिसभाका सांसदहरूको प्रस्तुतिलाई लिएर व्यवस्थापन गर्न कठिन भएको भन्दै राष्ट्रिय सभाका सदस्यले आकार घटाउन सुझाव दिएका हुन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाका सांसदहरूको संख्या १६५ मा सीमित गर्न संविधान संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका थिए । राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री दाहालले बुधबार सम्बोधन गरेका थिए ।

यसअघि प्रतिनिधिसभामा भारत भ्रमण र नागरिकता विधेयक लगायतमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा भएको विवादलाई सम्रण गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा सभ्य रहेको बताएका थिए । प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोल्दै गर्दा प्रतिपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाले पटक-पटक अवरोध गरेका थिए भने सत्तापक्षका सांसदहरू पनि सिटबाट उभिएर विवादमा सहभागी भएका थिए । सो घटनाको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सभामा त्यस्तो नभएको भन्दै धन्यवाद दिएका थिए ।

त्यसपछि बोलेका राष्ट्रिय सभा सदस्य देवकोटाले प्रतिनिधिसभा सांसद संख्या घटाउनुपर्ने माग गरेका थिए । 'प्रतिनिधिसभा धेरै ठूलो भयो । त्यो संख्याले पनि व्यवस्थापन गर्न गाह्रो भएको छ । प्रतिनिधिसभाको २७५ लाई घटाएर १६५ मा मात्रै सीमित गर्ने गरेर तुरुन्त संविधान संशोधनको विधि अगाडि बढाइयोस्,' उनले भने । प्रतिनिधिसभामा हाल प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

त्यस्तै, बजेट संघीयताको दृष्टिले सन्तोषजनक नरहेको सांसद देवकोटाको भनाइ थियो । प्रदेश र स्थानीय तहले पाउनुपर्ने अनुदान घटाइनु, चिहानमा पुगिसकेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई अघि बढाउनु गलत रहेको उनको भनाइ थियो । 'बजेटमा मलाई उत्साह, उमंग र जाँगर आएन, संघीयताको दृष्टिले हेर्दा पनि सन्तुष्टि भेट्ने ठाउँ छैन । प्रदेश र स्थानीय तहले पाउनुपर्ने अनुदान घटाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम चिहानमा पुगेको थियो, त्यसलाई ब्युँताइएको छ । बजेटको अनुसूची यहाँ हेर्ने हो भने मन्त्रालयको विनियोजन हेर्दा हरेक अधिकांश मन्त्रालय लगभग दुई तिहाईभन्दा बढी मन्त्रालयको बजेट केन्द्रिकृत छ, त्यसकारण केन्द्रिकृत सोच र मानसिकताबाट बजेट बनाइएको छ,’ उनले भने ।


मन्त्रालयको विनियोजन हेर्दा दुई तिहाईभन्दा बढी मन्त्रालयको बजेट केन्द्रिकृत सोच र मानसिकताबाट बजेट बनेको पुष्टि भएको पनि सांसद देवकोटाको भनाइ थियो ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: