पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

दर्पण दैनिक ५ चैत्र २०८०,१८:०३
post

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

महरालाई हिरासतमा राखेर अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले ७ दिनको म्याद मागेकोमा न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन मात्रै दिएका हुन् ।

महरालाई तस्करीको १४ किलो सुन प्रकरणमा जोडिएपछि सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: