पुलिस रिपोर्ट अब अनलाइनबाटै, यस्ताे छ लिने तरिका

दर्पण दैनिक २२ श्रावण २०८०,०९:४७
post

काठमाडौं । सरकारले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अनलाइनबाटै वितरण गर्न थालेको छ । विदेश आउजाउ गर्नको लागि चाहिने पुलिस रिपोर्ट अर्थात प्रहरी चारित्रिक प्रमाणपत्र सरकारले हिजो आइतबारदेखि अनलाइनबाट प्रमाणीकरण गर्न थालेको हो ।

अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रका लागि फारम भर्नेदेखि पैसा भुक्तानीसम्मका काम हुने परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले जनाएको छ ।

यसरी लिन सकिन्छ सेवा

पुलिस रिपोर्टका लागि चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सबैभन्दा पहिले https://att.nepalconsular.gov.np/ खोल्ने । त्यहाँ दाहिने पट्टी रहेको अनलाइन एप्लिकेसन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गर्ने ।

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि अनलाइन फारम भर्ने तरिका पढ्ने । पढिसकेपछि मैले पढेँ भन्नेमा टिक लगाउने र नेक्स्ट थिच्ने । प्रहरी चारित्रिक प्रमाणपत्रमा लेखिएको नम्बर र जन्म मिति दिएर प्रहरीबाट जारी भएको प्रमाणपत्र हेर्ने ।

विवरण ठीक भएमा बैंक वा अनलाइनबाटै राजस्व तिर्न सकिन्छ । त्यहीं राजस्व तिरेको जनाउ दिएपछि कन्सुलर सेवा विभागले प्रमाणित गर्छ र अर्कोे दिन अनलाइनमार्फत् डाउनलोड गरेर प्रिन्ट गर्न सकिन्छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७