
काठमाडाैं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले कामु मुख्यसचिव गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हाे ।
गड्तौला निजामती प्रशासनको नेतृत्व गर्ने पहिलो महिला भएकी छिन् । यसअघिका मुख्यसचिव डा बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनी निमित्त मुख्यसचिव थिइन् । मुख्यसचिव गड्तौलाले यही भदौ १५ गते अवकाश पाउँदै छिन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google