प्रतिनिधि सभा बैठकबाट मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची

दर्पण दैनिक ३१ असार २०८०,०९:५८
post

काठमाडौं । संघीय संसद्‌को  प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ। दिउँसो १ बजे प्रतिनिधि सभा बैठकका सम्भावित ६ वटा कार्यसूची रहेका छन् । 

आइतबारको बैठकबाट मिटरब्यालाई अपराध करार गर्ने कानुनी व्यवस्था भएको विधेयक पारित गर्ने कार्यसूची छ। मिटरब्याजलाई कसुर करार गर्न मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० राष्ट्रिय सभाबाट यसअघि नै पारित भएको थियो । 

राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकमाथि दफावार छलफलका लागि आइतकार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्नेछन् । 

दफावार छलफलपछि विधेयकमाथि प्राप्त संशोधनबारे निर्णय हुनेछ । त्यसपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् । 

आइतबारको बैठकको सुरुमा  ‘केही नेपाल ऐन संशोधन गर्नबनेको विधेयक २०८०’लाई प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा सदस्यहरु ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त भएको विरोधको सूचनाहरुलाई निर्णयार्थ पेस गरिने छ। विरोधको सूचनाबारे निर्णय भएपछि कानुनमन्त्री गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्नबनेको विधेयक २०८०’ प्रतिनिधि सभामा पेस गर्नेछन् । 
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७