काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा राईलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएको हो । कुलपतिको सपथ बिहीबार रहेको छ ।
प्रतिष्ठानको कूलपतिमा राईसँगै उपकूलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ ।
सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ । प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त गरिएको छ ।
पदाधिकारीकाे सूची https://drive.google.com/file/d/1qdXTqiGs8BeiqVpHlAUctDNvQ9D1myNG/view