काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यावारिधी (पिएचडी) गर्ने भएका छन् । मेयर शाहले काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधी गर्ने भएका हुन् ।
शनिबार सामाजिक सञ्जालमार्फत शाहले काठमाडौँ विश्वविद्यालयले पिएचडीका लागि फेलोसिप प्रदान गरेको जानकारी दिएका छन् । मेयर शाहले आफूले ‘पर्यटन र अर्थतन्त्रलाई प्रवद्र्धन गर्न नेवा सम्पदाको संरक्षण’ शीर्षकमा शोध गर्न लागेको समेत स्पष्ट पारेका छन् ।
भनेका छन् : ‘मेरो पीएचडीको लागि फेलोशिप प्रदान गरेकोमा काठमाडौँ विश्वविद्यालयलाई धन्यवाद। साथीहरु अब ३ वर्षमा डा. बालेन । पीएचडीको लागि मेरो विषय ‘पर्यटन र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण’ रहेको छ। ’