यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन, दोस्रो वरीयातामा पूर्णबहादु र तेस्रोमा नारायणकाजी

दर्पण दैनिक १७ चैत्र २०७९,१७:०२
post

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद् सातौँपटक पुनर्गठन भएको छ । तर, अझै पूर्णता पाउन सकेको छैन । 

आज कांग्रेसका चार, नेकपा (एकीकृत समाजवादी)का दुई, जनता समाजवादी पार्टी (जसपा)का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक, नागरिक उन्मुक्तिका एक, माओवादी केन्द्रका एक र नेपाल समाजवादी पार्टीका एक गरी ११ जना मन्त्रिपरिषद्मा थपिएका हुन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । 

विस्तारित मन्त्रिपरिषद्मा दोस्रो वरीयातासहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनेका छन् । माअ‍ोवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतासहित उपप्रधान तथा गृहमन्त्री बनेका छन् । 


यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन 

क्र.सं. नाम, थर पद कार्यविभाजन
 1. श्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिलापरराष्ट्र;  वन तथा वातावरणयुवा तथा खेलकुदस्वास्थ्य तथा जनसङ्‌ख्या र खानेपानी
 2. श्री पूर्णबहादुर खड्का उपप्रधानमन्त्री रक्षा
 3. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री गृह
4. डा. बेदुराम भुसाल मन्त्री कृषि तथा पशुपंक्षी विकास
 5. श्री अशोककुमार राई मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
 6. श्री शरतसिंह भण्डारी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
 7. श्री प्रकाशशरण महत मन्त्री अर्थ
8. श्री महिन्द्र राय यादव मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
9. श्री शक्तिबहादुर बस्नेत मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
10. श्री रेखा शर्मा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
11. श्री सुदन किराती मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
12. श्री अमनलाल मोदी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
13. श्री प्रकाश ज्वाला मन्त्री भौतिक पूर्वाधार तथा यातायात
14. श्री रञ्जिता श्रेष्ठ मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
15. श्री रमेश रिजाल मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
16. श्री सिता गुरूङ मन्त्री शहरी विकास
17. श्री सुशिला सिर्पाली ठकुरी राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७