दर्ज्यानी चिह्न लगाएपछि महानिरीक्षक कुँवरले भने, 'प्रहरीको आन्तरिक सदृढीकरण मेरो प्राथमिकता'

दर्पण दैनिक १२ चैत्र २०७९,१२:५४
post

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो प्राथमिकता भएको बताएका छन् । आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले प्रहरीमा सुधार आवश्यक रहेकोमा जोड दिए । ‘प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन,’ कुँवरले भने ।

प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नभएको पनि उनले बताए । ‘प्रहरी कस्तो छ भन्ने कुरा लुकाउनुपर्ने आवश्यक्ता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन । प्रहरीमा सुधार आवश्यक छ,’ उनले भने, ‘अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन ।’ कसैले मार्ग बिराएको भए तिनीहरुलाई सुधार्नुको विकल्प आफूमा नभएको पनि उनले बताए ।

अपराधको रोकथाम, अनुसन्धानका साथै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय तथा सहकार्य गर्दै देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाउन आफू क्रियाशील रहने उनले बताए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७