ढाकाकुमारको रिटमा भएन अन्तरिम आदेश

दर्पण दैनिक १० जेष्ठ २०८०,१८:२०
post

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेपछि सांसद पद गुमाएका ढाकाकुमार श्रेष्ठले सर्वोच्च अदालतमा दिएको रिटमा अन्तरिम आदेश नहुँदा नयाँ सांसद निर्वाचित गर्ने बाटो खुलेको छ । रास्वपाले गरेको कारबाही अवैध भएको भन्दै उनी सर्वोच्च पुगेका थिए । यसअघि सो रिटमाथि अल्पकालीन अन्तरिम आदेश दिँदा नयाँ सांसद निर्वाचितको निर्णय कार्यान्वयन गर्न रोकिएको थियो । 

सो रिटमाथि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाई गर्दै बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि घुस दिन भन्दै रकम मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाही गर्दै सांसदबाट समेत हटाएको थियो । सभामुखले उनको पद रिक्त भएको सूचना सुनाइसकेका छन् ।

त्यसपछि निर्वाचन आयोगले रास्वपाको निर्णयअनुसार विध्यावासिनी कंसाकारलाई सांसद निर्वाचित भएको निर्णय गरेको थियो । तर, सोही बेला सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदा त्यो निर्णय कार्यान्वयन भएको थिएन । अब भने त्यो निर्णय गर्न बाटो खुला भएको छ ।  

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७