प्रहरी महानिरीक्षक कुँवरले सार्वजिनक गरे ३ महिनाका मुख्य उपलब्धीहरू

दर्पण दैनिक २२ असार २०८०,१९:१९
post

काठमाडौं ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गरेका छन् । नेपाल प्रहरीको आगामी २ वर्षका लागि ‘नेपाल प्रहरी कार्ययोजना-२०८०’, चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरू लगायत विविध विषयमा अन्तरक्रिया सहितको भेटघाट कार्यक्रममा उनले विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरूसँग साक्षात्कार गरेका हुन् ।  

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गृहमन्त्रालयबाट प्राप्त निर्देशन अनुरूप संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना गरी अगाडि बढ्ने चर्चा गरे । साथै उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै प्रहरी संगठनलाई थप सुदृढ बनाउँदै छवि सुधार गर्नका लागि सञ्चारकर्मीसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताए । संगठनका चुनौतिहरूको सामना गर्न प्रहरी संगठन गम्भीरतापूर्वक योजना बनाई कार्यान्वयन गर्दै जाने उनले उल्लेख गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवर, वरिष्ठ प्रहरी अधिकृतहरू र उपस्थित सञ्चारकर्मीहरूबीच उक्त कार्ययोजना कार्यान्वयनका साथै अन्य समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो । 

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८०को गत तीन महिनामा (चैत्र १५ देखि असार १५ सम्म) तुलना गर्दा गत आ.व. २०७८/०७९ को भन्दा चालु आर्थिक वर्षका तीन महिनामा ११.१५ प्रतिशत बढी पक्राउ परेको र ११.२२ प्रतिशत दर्ता बढेको बताएको छ । चालु गत तीन महिनामा ३ हजार ५६२ जना फरार अपराधी पक्राउ परेका छन् । प्रहरीका अनुसार चैत्र १५ देखि असार १५ सम्म गाँजा ६ हजार ९६१.६१ केजी गाँजा, १७९केजी चरेश, ४.२५ केजी हेरोइन र ४.९८ केजी अफिम बरामद भएको छ । 

लागुऔषध ब्युरोद्वारा सञ्चालिन विशेष अपरेशनमा रात्रि क्लब, मनोरञ्जन गृह तथा ट्रान्स पार्टीहरुमा प्रयोग हुने एलएसडी १० हजार १३१ पिससहित ५ जना विदेशी, ७ जना नेपाली समेत १२ जना चालु आर्थिक वर्षको चैत्र १५ देखि असार १५ गतेसम्म पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, विद्युतीय सट्टा बाजी, सहकारी ठगी लगायतका प्रकरणको कारबाही अघि बढेको प्रहरीले जनाएको छ । तीन महिनाभित्र ६ हजार ४२० सवारी दुर्घटना, ५८१ मृत्यु, गम्भीर घाइते १ हजार ६२७, साधारण घाइते ६ हजार ७२१, कारबाही ७ लाख ३६ हजार ४७० र राजश्व संकलन ५६ करोड ४६ लाख ५४ हजार २ सय भएको छ । 

अवैध सामान बरामद, चोरी पैठारी नियन्त्रण, भन्सार चोरी निकासी, अवैध मुद्रा र हुण्डी बरामद जस्ता विभिन्न माध्यमबाट १ अर्ब ५९ करोड ६२ लाख ८२ हजार १७७ रुपैयाँ राजश्व संकलन भएको छ । विपद् व्यवस्थापनका लागि तत्काल परिचालन हुनसक्ने गरी उपलब्ध उद्धार सामग्रीहरुसहित १० हजार ८५ जना प्रहरी २४ सै घण्टा उपलब्ध गराइएको बताएको छ । 

उपत्यका तथा प्रदेश प्रहरी कार्यालयबाट सुरु गरिएका नयाँ कार्यक्रममा सुरक्षित उपत्यका अभियान, कोशी प्रदेशमा पीडित पुनः भेटघाट कार्यक्रम, मधेसमा अल्पसंख्यकसँग प्रहरी, बागमतीमा स्मार्ट प्रहरी कन्ट्रोल रुम, गण्डकीमा हिरासत व्यवस्थापन अधिकृत, लुम्बिनीमा आत्महत्या न्यूनीकरण अभियान, कर्णालीमा घरघरमा स्टिकर टाँस, निःशुल्क निवेदन लेखन र सहजीकरण, नागरिक सहजकर्ता प्रहरी परिचालन र सुदूरपश्चिम प्रदेशमा लागुऔषधबिरुद्ध महाअभियान सुरु गरिएको जनाएको छ ।

उक्त अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले चालु आर्थिक वर्षको त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क प्रस्तुत गर्दै राष्ट्रिय स्तरमा चर्चित उल्लेख्य अपराध अनुसन्धान, अवैध हातहतियार बरामद, नष्ट तथा मानिस पक्राउ, सवारी दुर्घटना, विपद् व्यवस्थापन, नेपाल प्रहरीबाट भएका नयाँ कार्यहरू, अन्तर्राष्ट्रिय प्रहरी समन्वय लगायतका विषयमा जानकारी दिए । 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक बिष्णुकुमार केसीले नेपाल प्रहरी कार्ययोजना-२०८० को संक्षिप्त प्रस्तुतीकरण गर्दै कार्ययोजनाको परिचय, उद्देश्य, मुख्य लक्ष्यहरू, कार्य योजना क्रियाकलापहरूको समष्टिगत विश्‍लेषणात्मक प्रगति विवरण र कार्ययोजनाको बेन्चमार्क गतिविधिहरूका बारेमा जानकारी दिए । साथै उनले नेपाल प्रहरी कार्ययोजना-२०७९ को प्रगति समीक्षा समेत गरे ।  

प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने कार्ययोजनाको उद्देश्य रहेको उनले बताए । कार्ययोजनामा १३ वटा मुख्य लक्ष्य, ४० वटा लक्ष्य अनुरूपको कार्यगत उद्देश्य र १ सय ८३ वटा क्रियाकलाप सङ्ख्या रहेका छन् । नेपाल प्रहरीको आन्तरिक सुदृढिकरण योजनातर्फ ५ वटा र नागरिक केन्द्रित प्रहरी सेवातर्फ ४ वटा गरी प्राथमिकताको आधारमा जम्मा ९ वटा वेन्चमार्क गतिविधि निर्धारण गरिएको छ । 

प्रहरी कर्मचारीको संघीय संरचना अनुरुप समायोजन गर्ने लगायतका १३ वटा मुख्य लक्ष्यहरू रहेको उक्त कार्ययोजनामा नेपाल सरकारको न्यूनतम साझा कार्यक्रमहरू, आ.व. २०८०/८१ को स्वीकृत नीति कार्यक्रम, गृह प्रशासन सुधार योजना २०७८, गृह मन्त्रालयको वर्तमान प्राथमिकताका क्षेत्रहरू, नेपाल प्रहरीको रणनीतिक योजना, नेपाल प्रहरीद्वारा कार्यान्वयन गरिएका विगतका कार्ययोजनाहरूको अध्ययनको साथै नेपाल प्रहरीको प्राथमिकतागत क्षेत्रहरूको पहिचान, वर्तमान समस्या तथा चुनौतीहरू दृष्टिगत गर्दै कार्ययोजनाका गतिविधिहरू निर्धारण गरिएका छन् । 

नेपाल प्रहरीले गर्दै आईरहेको कार्यलाई योजनावद्ध एवं व्यवस्थित ढङ्गले सम्पादन गर्न आगामी दुई आर्थिक वर्षका लागि तयार गरिएको नेपाल प्रहरी कार्ययोजना-२०८० आगामी साउन १ गतेबाट विधिवत रूपमा कार्यान्वयनको चरणमा जानेछ । छलफल तथा प्रस्तुतीकरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको साथै विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 


 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: