काठमाडाैं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले थप उपचारका लागि भारत नजाने अडान लिएका छन् । बुधबार काठमाडाैंकाे बुद्धनगरस्थित आफ्नै निवासमा खाना पकाउने ग्यास सिलिन्डर विस्फाेट हुँदा भण्डारीसहित उनकी आमा हरिकला गम्भीर घाइते भएकी थिइन् । आमा हरिकलाकाे भने अहिले निधन भइसकेकाे छ ।
चन्द्र भण्डारीकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेकाे छ । चिकित्सकहरूले अवस्था गम्भीर रहेकाे भन्दै भारत लैजान सिफारिस गरेका थिए । तर सांसद भण्डारीले भारत नजाने अडान लिएका हुन् ।
'स्वाथ्यमन्त्री आएर पनि सम्झाउनुभयो । तर उहाँले म मरे पनि मेरै देशमा मर्छु भन्नुभयो । डकुमेन्टेसन पूरा भइसक्यो । अब जबर्जस्ती गरेर भए पनि बाहिर लैजानुहुन्छ होला', भण्डारीका स्वकीय सचिव भुवन भुसालले भने ।
आफूलाई भेट्न आएका नेताहरूलाई भण्डारीले स्वदेशकै उपचार पद्धतिमा विश्वास रहेकाे बताउने गरेका छन् । 'मलाई देशबाहिर नलैजाऊ । मलाइ यहीँको डाक्टर र उपचारमा विश्वास छ', भण्डारीले भनिरहेका छन् ।
कीर्तिपुर अस्पतालले भण्डारीद्वयकाे अवस्था जटिल रहेकाे भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान भन्दै विज्ञप्ति जारी गरिसकेकाे छ ।