काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भारत प्रस्थान गरेका छन् । बिहीबार मेयर बालेन भारत प्रस्थान गरेको र नफर्केसम्म महानगरको कार्यबाहक प्रमुखको भूमिका उपमेयर सुनिता डंगोललाई दिएको महानगरपालिकाले जनाएको छ ।
'कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्कि नआएसम्म कार्यबाहक प्रमुख भई कार्य गर्नहुन सुचित गर्दछु', उनले डंगोललाई पत्रमार्फत् भनेका छन् । उनले के कामको लागि भारत गएका हुन् भन्ने केही पनि खुलाएका छैनन् ।