रास्वपाले संसदीय विषयगत समितिमा रहने आफ्ना सांसदहरुको नाम टुंगो लगायाे

दर्पण दैनिक ५ बैशाख २०८०,०७:१६
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय विषयगत समितिमा रहने आफ्ना सांसदहरुको नाम टुंगो लगाएको छ । रास्वपाले संघीय संसद सचिवालयमा बुझाएको सूची अनुसार अर्थ समितिमा विराजभक्त श्रेष्ठ र हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शिशिर खनाल, उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुली र कानुन, न्याय तथा मानव अधिकार समितिमा सोविता गौतम र सन्तोष परियार रहनेछन् ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी र विनिता कठायत, महिला तथा सामाजिक समितिमा लक्ष्मी तिवारी, राज्य व्यवस्था तथा सुशासन समितिमा डोलप्रसाद अर्याल र डा. चन्दा कार्की, पूर्वाधार विकास समितिमा शिव नेपाली र निशा डाँगी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. तोसिमा कार्की र सुमना श्रेष्ठ र सार्वजनिक लेखा समितिमा असिम शाह र मनिष झा रहने रास्वपाले जनाएको छ । प्रतिनिधिसभामा रास्वपाका १९ सांसद छन् ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७