काठमाडाैं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अब बस्ने संसद बैठकमा पेस गर्ने गरी सो विधेयक स्वीकृत गरेको हो ।
संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै बैठकले विज्ञापन नियमन गर्न बनेको विधेयक, २०८० पनि स्वीकृत गरेको छ । मन्त्री शर्माले बैठकमा लम्पी स्किन महामारी नियन्त्रण र पीडित किसानलाई क्षतिपूर्ति दिनेबारे पनि गम्भिरतापूर्वक छलफल भएको जानकारी दिइन् ।
‘विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय भएको छ । यो अर्थ मन्त्रालयको प्रस्तावमा । अर्को लामो समयदेखि प्रतिक्षारत रहेको संघीय शिक्षा ऐन जुन थियो, त्यसलाई संसदमा पठाउन आज स्वीकृति दिएको छ । त्यसैगरेर यो विज्ञापन नियमन गर्ने विधेयक, २०८० पनि स्वीकृत गरिएको छ । लम्पी स्किनलगायतका विषयमा पनि गम्भिरतापूर्वक छलफल भएको छ,’ मन्त्री शर्माले भनिन् ।