
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डीआईजीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानिएको छ ।
यस्तै, मधेश प्रदेशमा भरतपुर शिक्षालयका डीआईजी लालमणि आचार्यलाई पठाइएको छ । शिक्षालयमा भने प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google