काठमाडौँ प्रहरी प्रमुखमा अधिकारी र उपत्यका अपराध अनुसन्धानमा बस्नेत

दर्पण दैनिक १२ माघ २०८१,०९:४३
post

काठमाडौं । नेपाल प्रहरीका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागले १८ जना एसएसपीको सरुवा गरेको जनाएको छ ।

जस अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नयाँ एसएसपी आएका छन् । अपराध अनुसन्धान कार्यालयमा रमेशकुमार बस्नेत आएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा  विश्व अधिकारी आएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे आएका छन् । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् । अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा पठाइएका छन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५