ठमेलस्थित एलओडी क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ

दर्पण दैनिक २१ असार २०८०,२०:०२
post

काठमाडौं । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका फरार सञ्चालकमध्ये एकजना बालुवाटारबाट पक्राउ परेका छन् । नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर सञ्चालक राजुसिंह सुवाललाई ललितपुर प्रहरी परिसरको टोलीले बिहीबार अपरान्ह पक्राउ गरेको हो ।

सुवालसँगै फरार रहेका एलओडीका अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठ भने अझै फरार छन् । प्रहरीले क्लबका दुई सञ्चालकविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको थियो ।

पक्राउ पूर्जी लिएलगतै लाजिम्पाटस्थित उनीहरुको निवासमासमेत प्रहरीले खानतलासी गरेको थियो। तर उनीहरु फेला परेका थिएनन् । 

उक्त क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका हुन् ।  नाइट क्लबमा नाबालिग प्रवेश गर्न मिल्दैन । तर ती नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न अनुमति लिएको थियो ।

जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप छ। घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन् । कोइरालालाई यसअघि नै पक्राउ गरेर अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताएका छन् । 

 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: