कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजविक्रम थापा पक्राउ

दर्पण दैनिक ३ असार २०८१,१२:४९
post

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष थापासहित चार जना सञ्चालकलाई पक्राउ गरेको हो । थापा यसअघि फरार थिए ।

कृषि विकास बहुउद्देश्यीय सहकारीले बचकर्ताको २ अर्ब ८२ करोड २७ लाख रुपैयाँ बढी बचत अपचलन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जानकारी दिएको छ । सरकारले २०८० माघमा समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीका २ हजार ५३१ जनाले बचत फिर्ताका लागि उजुरी दिएका छन् ।


नेपाली कांग्रेसका नेता समेत रहेका थापाले राजनीतिक शक्तिका कारण बचतकर्ताको बचत फिर्ता गर्न आनकानी गरेको आरोप बचतकर्ताको छ । सहकारीमा लामो समयदेखि समस्या भएपनि उनले बचतकर्ताको बचत फिर्ता गर्न सकेका थिएनन् । बचतकर्ताका अनुसार सहकारीले पछिल्लो समय ५ हजार रुपैयाँ पनि फिर्ता गर्न सकेको थिएन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पनि सहकारीलाई समस्याग्रस्त घोषणा गरेपनि अहिलेसम्म बचत फिर्ताका लागि कुनै पहल अगाडि बढाउन सकेको छैन । अन्ततः प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले आफ्नो श्रीमती सन्जना राजकर्णिकारलाई व्यवस्थापक बनाएर नियतवस सहकारीका बचतकर्ताको बचत ठगेको आरोप बचतकर्ताको छ । उनीविरुद्द पनि प्रहरीमा उजुरी परेको छ ।

सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि यस सहकारीको नाम उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: