शर्मिला वाइबाले विष पिइन्, वीर अस्पतालमा उपचार हुँदै

दर्पण दैनिक १८ फाल्गुन २०७९,११:३४
post

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । बुधबार राति उनले काठमाडाैँकाे बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । 

अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ । अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनी बोल्न सक्ने अवस्थामै छिन्। तर विष पिउनुको  कारणबारे बताउन मानेकी छैनन् ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: