पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका प्रहरी नायव महानिरीक्षक आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गरेका थिए ।
स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक आचार्यले गण्डकी प्रदेश प्रहरी कार्यालय परिसरमा बृक्षारोपण समेत गरे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google