सर्लाहीमा ट्रकमा बस ठोक्किँदा ३ जनाको मृत्यु

दर्पण दैनिक ७ असार २०८१,०९:१५
post

काठमाडौँ । सर्लाहीमा दुईवटा सवारी साधन ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा झण्डै १० जना घाइते भएका प्रहरीले जनाएको छ । बागमती नगरपालिका १ रायमाझी चोकमा भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक (लरी)मा ठोक्किँदा दुर्घटना भएको हाे । 

पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–१ रायमाझी चोकमा आज बिहान ६ बजे बस र भारतीय मालबाहक लरी (ट्रक) आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ । 

दुर्घटनामा रुपन्देही घर भएका हरिबहादुर चौधरी, रुपन्देहीकै ८५ वर्षीय दशरथ कुहार र रुपन्देहीकै मायादेवी गाउँपालिका २ का ५० वर्षीय रामकरण केवटको मृत्यु भएको हो ।  उनीहरु सबै बसका यात्रु हुन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: