सुन तस्करी समूहलाई सघाएको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार उनलाई पक्राउ गरेको हो ।
भेपमार्फत सुन तस्करी भएको घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए ।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोहीअनुसार डेढ वर्षअघि उनलाई पक्राउ गरी बयान लिएर छाडिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google