काठमाडाैं । अष्ट्रेलिया पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलिले रत्न केशरी श्रेष्ठलाई सामाखुशीबाट पक्राउ गरेकाे हाे ।
भक्तपुर मध्यपुर ठिमि नगरपालिका ४ स्थाई घर भई हाल काठमाडाैं महानगरपालिका २६ सामाखुशीबस्ने वर्ष ५० की रत्नकेशरी श्रेष्ठले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु भन्दै पटकपटक गरी ९ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा लागेकाे छ ।
काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार श्रेष्ठले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिने भन्दै त्यसकोलागि बीस लाखरुपैयाँ लाग्छ, अष्ट्रेलिया पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक तीन लाख भन्दा धेरै तलव हुन्छ भनी ९ लाख रुपैयाँ लिएर फरार भएकी थिइन् ।
वैदेशिक रोजगार विभागबाट काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोले निज रत्न केशरी श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google