
काठमाडाैँ । आफ्नै श्रीमती ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरी फरार भएका नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ घर भएका ६० वर्षीय जितबहादुर भन्ने काले तामाङ पक्राउ परेका छन् ।
दक्षिणकाली नगरपालिका ६ स्थित डेरामा डोल्मा शेर्पाको गत वैशाख १९ शव भेटिएको थियो । प्रहरीको अनुसन्धानको क्रममा काले तामाङले कुटपिट गरी हत्या गरी फरार भएको खुलेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका १० छालिङबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google