कलंकीमा ट्रकको ठक्करबाट स्कुटरको पछाडि बस्ने एक जनाको मृत्यु

दर्पण दैनिक १५ जेष्ठ २०८०,०८:४८
post

काठमाडाैं । काठमाडाैंको कलंकीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । हिजो दिउँसो कलंकी चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बस्ने तनहुँ घर भइ चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी राउतको उपचारको क्रममा वीर अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएकी स्कुटर चालकको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: