काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा शनिबार राति प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको ककनी गाउँपालिका- १ की ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
मकवानपुरको चित्लाङबाट काठमाडौँ आउँदै गरेको मोटरसाइकल शनिबार राति पौने ८ बजे दुर्घटना भएको हाे । दुर्घटनामा गम्भीर घाइते भएकी उनको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ककनीकै मानबहादुर बलामी घाइते भएका छन् । उनको एपीएफ अस्पतालमै उपचार भइरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google