काठमाडौंकाे धापासीमा २३ वर्षीय युवकको हत्या, एक जना पक्राउ

दर्पण दैनिक २९ माघ २०८०,०९:२१
post

काठमाडौं । काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।

प्रहरीका अनुसार, दिपेश र पक्राउ परेका व्यक्ति दुवै मिस्त्री काम गर्दै आएका थिए । सामान्य विवादमा धारिलो वस्तु प्रहार गरेर हत्या गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । 

प्रहरी वृत्त, महाराजगञ्जको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । खड्काका केही साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: