सिआइबीले समात्याे फाइनान्सबाट ९ करोड कर्जा लिएर फरार भएका थापालाई

दर्पण दैनिक २८ माघ २०८०,१४:०७
post

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसूरमा फरार रहेका राम भक्त थापालाई पक्राउ गरेको छ । पुनरावेदन अदालत पाटनको मिति २०७१ बैशाख २९ गतेको फैसलाले थापालाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १५ (२) (घ) बमोजिम तीन वर्ष कैद र विगो असूल गरी विगो बमोजिम जरिवाना हुने ठहर गरेको थियो ।  

सिआइबीका अनुसार थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कंपनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी आफू सञ्चालक रहेको काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी आठ करोड पचास लाख रुपैंया कर्जा लिएका थिए । सो कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट तथा फाइनान्स कंपनी लिमिटेडलाई नौ करोड सात लाख छ हजार तीन सय अठहत्तर रुपैंया चौहत्तर पैसा विगो बराबर हानी नोक्सानी पुर्याएको भन्ने बैंकिङ कसूर मुद्दामा (साविक) पुनरावेदन अदालत पाटनले सजाय सुनाएको थियो । 

फरारा रहेका थापालाई सिआइबीको टोलीले मिति २०८० माघ २६ गते कोटेश्वर, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०८० माघ २८ गते काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४