अनावश्यक हर्न बजाउने  ५२ जना चालक कारबाहीमा

दर्पण दैनिक १७ माघ २०७९,१७:१७
post

काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनी प्रदुषण गर्ने  ५२ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनी प्रदुषण गर्ने  ५२ जना चालकहरू आज कारबाहीमा परेका हुन् । 

२०७४ वैशाख १ गते देखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरीएता पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तिव्रता दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले सम्पुर्ण चालकलाई अनुरोध समेत गरे ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७