
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई मुटुमा केही असहज भएपछि शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो । अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ ।
र मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको हो । पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google