सीबीआईबाट आएको प्रहरी हौं खानतलासी गर्छौं भन्दै २ करोड लुटेपछि...

दर्पण दैनिक १२ असार २०८१,१६:५७
post

काठमाडौं । भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरालाई पक्राउ गरेको हो । दधिकोटका डिल्ली राउतको घरमा ४ असारमा लुटपाट भएको थियो । मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार छन् । उनी डिल्ली राउतका मामा समेत हुन् । राउतको घर भक्तपुरको दधिकोटस्थित एकान्त ठाउँमा छ । डिल्ली युरोपेली मुलुक खासगरी क्रोएसियामा नेपाली कामदार पठाउने एजेन्टका रुपमा काम गर्छन् । उनका भाइले क्रोएसियामा बसेर भिसा मिलाउने काम गर्थे । भिसा वापत ५ लाख ६८ हजार रुपैयाँ बराबर रकम बुझाउनुपर्ने भन्दै उनीहरुले क्रोएसिया जानेहरुसँग मोटो रकम असुल्थे ।

उनीहरुका मामा कुलबहादुर पनि क्रोएसिया जान चाहनेहरुलाई भाञ्जा कहाँ पुर्‍याउँथे । उनीहरुसँग भाञ्जाले नगद बुझेको देखेका थिए । विदेश पठाए वापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाएपछि मामा कुलबहादुरको योजनामा लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

भाञ्जासँग नगद रहेको थाहा पाएपछि मामा कुलबहादुरले लुटपाट गराएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । कुलबहादुरलाई भने प्रहरीले फेला पार्न सकेको छैन । विदेश पठाउने सिलसिलामै कुलबहादुरको सुजन रसाइलीसँग चिनजान भयो । त्यसपछि डिल्लीले करोडौं रकम घरमै राख्ने गरेको भन्दै कुलबहादुरले लुटपाट गर्ने योजना सुजनलाई सुनाउँछन् । सुजन यसअघि पनि नक्कली सुन देखाएर ठगी गर्ने र अभद्र व्यवहारमा मुद्दा चलेका व्यक्ति हुन् ।

कुलबहादुरको प्रस्ताव सुजनले भीमलाई सुनाउँछन् । भीममार्फत मुनाराज र कृष्ण पनि जोडिएपछि लुटपाट भएको देखिन्छ ।

सीबीआई भन्दै लुटपाट

लुटपाट गर्नु अघिल्लो दिन ३ असारमा उनीहरुले डिल्लीको घर आसपासमा गई अवलोकन गरेका थिए । डिल्लीको घर एकान्त ठाउँमा खेतको बीच भागमा छ । भोलिपल्ट ४ असारमा उनीहरुले कौशलटारको रेस्टुरेन्टमा भेटेर लुटपाटको योजना बनाए ।

लुटपाट गर्न जाँदा प्रयोग गर्ने दुई वटा मोटरसाइकलको नम्बर प्लेट चिन्न नसकिने बनाए । त्यसपछि डिल्लीको घरमा गए ।

सुजन डिल्लीको घर बाहिर बसेर निगरानी गर्छन् । बाँकी ३ जनाले घरभित्र बसर ‘हामी सीबीआईबाट आएको प्रहरी हौं । अवैध धन्दा चलाएको भन्ने सूचना छ । खानतलासी गर्छौं । यहाँ हस्ताक्षर गर्नुस्’ भन्दै डिल्लीलाई कागज गराए ।

मामा कुलबहादुरले दराजभित्र पैसा राखिएकोसम्म सूचना दिएका थिए । त्यसैले उनीहरुले दराज खानतलासी गरे । करिब २ करोड रुपैयाँ झोलामा हालेर बाहिरिएको देखिएको एक अनुसन्धाान अधिकृतले सुनाए ।

चार जना दुई वटा मोटरसाइकलमा भीमको माकलबारीस्थित कोठामा पुगे । भीमकै कोठाबाट करिब आधा रकम डिल्लीका मामा कुलबहादुरले लिएर गए । ‘रकम गन्ने अवस्था भएन, आधा जति रकम कुलबहादुरले बुझेको पक्राउ परेकाहरुले बताएका छन्’, एक अनुसन्धान अधिकृतले भने ।

बाँकी रहेको रकमबाट सुजनले ३० लाख लिए भने बाँकी ३ जनाले २० लाख रुपैयाँको दरले बाँडेको पक्राउ परेकाहरुले स्वीकारेका छन् ।

रकम बाँडफाँटपछि उनीहरुले विभिन्न रिसोर्ट तथा होटलमा गएर खर्च गरेको पाइएको छ । सुजन र भीम सुकुटे रिसोर्ट गएर बसेको खुलेको छ । त्यसपछि तातोपानीसम्म पुगेको र त्यहाँबाट फेरि दोलखा गएर बसेका थिए ।

कालिञ्चोकसम्म पुगेर घुमेर फर्किएका उनीहरु पक्राउ परे । उनीहरुकै सूचनाका आधारमा प्रहरीले कृष्णलाई महाराजगञ्जबाट पक्राउ गर्‍यो । मुनाराजलाई भने ओखलढुंगाबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको छ ।

पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

थप ३५ लाख लिएर मामा फरार

डिल्लीले दिएको विवरण अनुसार घरमा ३ करोडभन्दा बढी नगद थियो । करिब २ करोड लुटिएको केही समयपछि मामा कुलबहादुर भाञ्जा डिल्लीको घर पुगे ।

‘१० लाखभन्दा बढी नगद राख्न पाइँदैन, यो कुरा प्रहरीमा रिपोर्ट गर्‍यो भने फसिन्छ’, भन्दै भाञ्जालाई प्रहरीकहाँ जानबाट रोके । अनि लुटपाटको घटनापछि बाँकी रहेको रकम त्यो पनि यहाँ राख्नुहुँदैन भनेर ३५ लाख लिएर गए ।

बाँकी १ करोड रुपैयाँ भने डिल्लीले एउटा ट्राभल्स एजेन्सीलाई दिए । अनि मामाको सल्लाहअनुसार प्रहरीलाई खबर समेत गरेनन् ।

तर घटनाको तीन दिनपछि प्रहरीले अरुबाटै सूचना पायो । जिल्ला प्रहरी परिसर, भक्तपुर हुँदै अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थाल्यो ।

प्रहरीले डिल्लीलाई सोधपुछ गर्दा करिब २ करोड लुटपाट भएको मात्र स्वीकार गरेनन्, मामाले ३५ लाख रुपैयाँ लगेको पनि बताए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: