प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

दर्पण दैनिक १६ माघ २०७९,०९:२७
post

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र  काठमाडौं महानगरपालिकाका मेयर बालेन  शाहबीच भेटवार्ता भएको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 

काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ । थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले संघीय सरकारको साथ खोज्दै आएका छन् । रवि लामिछाने गृहमन्त्री हुँदा पनि यसअघि सहयोग गर्न आग्रह गर्दै आएका थिए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: