पदम लिम्बूलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

दर्पण दैनिक २४ चैत्र २०७९,११:४१
post

काठमाडौं । कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । प्रवक्ता शर्माले नामाकरण सम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्तागरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताइन् । 

विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै  गत चैत ५ गते भएको जनप्रदर्शनमा प्रहरीको कुटाइबाट लिम्बू घाइते भएका थिए। उनको धरानस्थित विपी कोईरालन स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: