राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नाे उपचार खर्च आफैँ बेहोर्ने

दर्पण दैनिक १९ बैशाख २०८०,१२:५५
post

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ बेहोर्ने भएका छन् । उनले भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च आफैँ बेहोर्ने भएका हुन् ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एम्समा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको बताएका छन् । ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्‌ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हिजो मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ बेहोर्न आग्रह गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख ६ गते भारत गएका राष्ट्रपति पाैडेल गत आइतबार राति स्वदेश फर्किएका थिए । 

स्वदेशमा उपचार नगरी विदेश गएको भनी कतिपयले राष्ट्रपति पाैडेलको आलोचना गरिरहेका बेला उनी आफैँले उपचार खर्च बेहोर्ने घोषणा गरेका हुन् ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७