काठमाडौं । पूर्व प्रहरी महा निरीक्षक सर्बेन्द्र खनालले देशमा ढोँगी, दलालहरुको जगजगी रहेको बताएका छन् । शनिबार प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्व महानिरीक्षक खनालले भने, ‘देशमा अहिले भ्रष्टाचारीको संरक्षण भैरहेको छ, सुरक्षाकर्मीको अपमान भैरहेको छ, कालाधन आर्जन गर्नेको बोलवाला बढीरहेको छ, देश चलाउनेहरुले आ–आफ्नै स्वार्थ पूर्ति गनुर््बाहेक अरु केही गरेनन्् ।’
उनले रातदिन, झरी, बादल, चाडपर्व, घरपरिवार नभनी जनताको जिउ, धनको सुरक्षामा खटिने सुरक्षाकमी जहिले पनि उपेक्षामा पर्ने, अपहेलित हुनुपर्ने अनि अनपढ, गवार नेताहरु जहिले पनि सत्तामा बसेर मोजमस्ती गरिरहने ? भन्दै प्रश्न गरे ।
कोरोनाको बेला देशमा भएको अस्तव्यस्तता देखेर आफूले ३० वर्ष नागरिकको जीउधनको सुरक्षा गरेको अनुभव उपयोग गर्दै सहयोगीहरुसँग अनुरोध गरेर १५/२० वटा एम्वुलेन्स जम्मा गरी छोरीको सहयोग लिई डाक्टरसहितको सेवा प्रदान गरेको स्मरण गर्दै पूर्व आइजीपी खनालले भने ‘मेरो के स्वार्थ थियो र त्यस्तो खतराको अवस्थामा पनि नागरिकको सेवा गर्ने ?’
सुरक्षाकर्मीको राशनमा ठेकेदारले गर्ने चरम दुरुपयोगलाई ठिक ठाउँमा ल्याउन आफूले ठूलै संघर्ष गर्नु गरेको स्मरण गर्दे खनालले आफूले ३० वर्ष प्रहरीबाट गरेको योगदानको कदर गरेर जनताले त्यसको मूल्यांकन गर्लान भन्ने सोचेको तर त्यस्तो हुन नसकेको तितो अनुभव सुनाए ।
नेपाल र नेपालीको हितमा के गर्न सकिन्छ भनेर हमेशा लागेको र कतिपय विदेशीहरुसँगको भेटमा देश र नेपालीको भलोको बारेमा कुरा उठाएको स्मरण गर्दै खनालले भने ‘धेरै पटक प्रधानमन्त्री, मन्त्री, सांसदहरुसँग देश र नागरिकको जीवनस्तर उठाउने कुरा उठाएको छु, उनीहरुले एउटा कानले सुनेर अर्को कानले उँडाइदिए ।’ नेता, प्रधानमन्त्री, मन्त्री बोल्न त धेरै बोल्नुहुन्छ तर काम गर्नु हुृन्न भन्दै उहाँँँले भन्नुभयो ‘टे्वुलमा बसेर थोरै समय काम गर्ने निजामति कर्मचारीलाई सतप्रतिशत भत्ता दिन तयार हुन्छन् तर रातदिन नभनी घर परिवार त्यागेका सुरक्षाकर्मीलाई १० प्रतिशत भत्ता दिन मान्दैनन् ।’
‘तँ आईजीपी हुँदा के गरिस् भनेर प्रश्न गर्नु होला, पदमा बसेपछि केहि लिमिटेशनहरु हुन्छन्, त्यसको पालना गनर््ु त्यो पदको दायित्व हुन्छ’ खनालले भने ‘तैपनि ललिता निवास काण्डको अनुसन्धान, म्याच फिक्सिङको छानविन, काठमाडौंका गुण्डा नियन्त्रण, जनकपुरका सशस्त्र हतियारधारीबाट भएको चन्दा आतंक जस्ता घटनालाई कसैको दबाब नसुनी काम गरेको हुँ ।’ तिनै घटनामा संलग्नहरु र तिनका आफन्तहरु मेरो पछाडि हात धोएर लागेका छन्, उनीहरु कहिले कुन घटनामा संलग्न भनेर आरोप लगाउने गर्छन् त कहिले कुन काण्डमा भनेर सामाजिक सञ्जालमा मेरो बदनाम गर्नमा तल्लिन छन् भन्दै खनाले भन्नु्भयो ‘म पदमा रहँदा वा अवकाश पाएपछि पनि देश र जनताको हित विपरित गैरकानुनी कार्यमा लागेको छैन, भ्रम छर्ने काम थुप्रै भएका छन्, यदि भएमा कारवाही गरेर देखाउन चुनौति दिन चाहन्छु ।’
देश र जताको हितमा केही गरौं भनेर योजना लिएर नेतालाई भेटन खोज्दा भेट नदिने, गवाँर पिएसँग समय लिन बारम्वार फोन गर्दा पनि नदिने, भेट्न जाँदा घण्टौँ पर्खनुपर्ने तिता अनुभव सुनाउँदै पूर्व महा निरीक्षक खनालले देशमा प्रधानमन्त्री भैसकेकाहरुको नालायकीपनको पराकाष्ठ नाघेको बताए । संसारका स–साना देशले पनि विकास गरेर कहाँ पुगिसके तर हाम्रा देश बनाउन भनेर आएकाहरुको अवस्था देख्दा दिक्क लागेको भन्दै अब पूर्व सुरक्षाकर्मी देश र जनताको लागि अगाडि बढ्नु पर्ने उनको धारणा थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका पूर्व एआईजी कृष्णकुमार तामाङले पूर्व सुरक्षाकर्मीलाई निजामतिको भन्दा विभेदपूर्ण व्यवहार गरेको बताए । दलहरु आसेपासेको पछी लागेको बताउँदै उनले सम्पूर्ण सुक्षाकर्मी एक भएर अघि बढ्नुपर्ने धारणा राखे । सकारात्मक सोच राखेर अघि बढ्ने हो भने परिवर्तन टाढा नभएको उनको भनाई थियो । अर्का वक्ता राष्ट्रिय अनुसन्धान विभागका पूर्व बरिष्ठ उपरीक्षक किवाङहाङ राईले देशमा खतरा बढेकोले पूर्र्व सुरक्षाकर्मी अगाडि बढ्नुपर्ने धारणा राखे । आफूलाई विभागको प्रमुख बनाउँछु भनेर लोभ्याउने नेताको पछि नलागेको स्मरण गर्दै राईले दलमा नाताबाद, कृपावाद, गुटवाद बढेको बताए । देशका नेताहरु विदेशीको सामु लम्पसार परेको बताउँदै वरिष्ठ उपरीक्षक राईले उनीहरुले धर्म, संस्कृति, जातजातिको नाममा लडाउने काम गरेको हुँदा त्यसलाई हामीले सवैको साझा फूलवार बनाउनु पर्ने धारणा राखे । पृथ्वीनारायण शाहले नेपाल सबै जातको फूलवारी भनेको स्मरण गर्दै उनले पूर्व सुरक्षाकर्मीले सवै नेपालीलाई एकतामा गास्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा भारतीय गोर्खाका पूर्व कर्णेल अम्वरबहादुर बस्नेतले पूर्व सुरक्षाकर्मीको कार्यक्रममा बोल्न पाएकोमा खुशी व्यक्त गर्दै आफु अवकास पश्चात पनि भारतको पेन्सन शाखामा कार्यरत रहेकाले कुनै काम परेमा सहयोग गर्ने बताए । अर्का बक्ता नेपाली सेनाका पूर्व प्रमुख सेनानी देवबहादुर कार्कीले परिषद अझै बढी सक्रिय भएर देश र जनताको हितमा सक्रिय हुनुपर्ने बताए ।
त्यसैगरी नेपाल सरकारका पूर्व उपसचिव पुष्पमुनी बज्राचार्यले पेन्सनमा कर नलाग्ने जान्दा जान्दै पनि बैंकहरुले १ प्रतिशत कर लगाएकोमा आफ्नो पहलबाट त्यो हटाएको जानकारी दिए । त्यसैगरी सैनिक वीरगति परिवार तथा एकल महिला संघकी अध्यक्ष रिता कार्कीले जनयुद्धको नाममा जथाभावी मान्छे मारेको र अझै तिनीहरुको परिवारलाई न्याय नदिएको भन्दैै आफूहरुलाई न्याय दिलाउन पूर्व सुरक्षाकर्मी परिषदले गरेको सहयोगको लागि धन्यबाद दिँदै अभिभावक भएर काम गर्न अनुरोध गरिन् ।
कार्यक्रममा पूर्व सुरक्षाकर्मी परिषदका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक उत्तर कुमार श्रेष्ठ, केन्द्रीय सदस्य एवं च्रन्द्रागिरी नगर अध्यक्ष विक्रम पाण्डे, कञ्चनपुर जिल्ला अध्यक्ष गोरख पुजारा, गोरखा जिल्ला अध्यक्ष हरिकृुमार थापा लगायतका बक्ताहरुले देश बर्वादी तर्फ गएकोले पूर्व सुरक्षाकर्मी परिषदले पार्टी खोलेरै भएपनि देशलाई बचाउनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा परिषदमा रहेर उत्कृष्ठ काम गर्ने सदस्य तथा पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मान पाउनेहरुमा संरक्षक एवं केन्द्रीय सदस्य थमनबहादुर बस्नेत, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक उत्तर कुमार श्रेष्ठ, केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला अध्यक्ष डिल्लीराम ढुंगेल, केन्द्रीय सदस्य एवं चन्द्रागिरी नगर अध्यक्ष विक्रम पाण्डे, गोरखा जिल्ला अध्यक्ष हरिकुमार थापा, गोकर्णेश्वर नगर अध्यक्ष नारायण कार्की, कमलामाई नगर अध्यक्ष गोपाल श्रेष्ठ र शहिद लखन गाउँपालिका अध्यक्ष जगतबहादुर राना रहेका छन् । पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रमको सभापतित्व पूर्व सुरक्षाकर्मी परिषद नेपालका अध्यक्ष केवी राउतले गरेका थिए ।










































































































































































































































































.jpg)















































































































































.jpg)












































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google