काठमाडाैँ । सहकारी ठगीको अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले दुर्व्यहार गरेको भन्ने आरोपको चितवन प्रहरीले खण्डन गरेको छ ।
आईतबार प्रेस विज्ञप्ति जारी गर्दै चितवन प्रहरीले चितवनको बयान सकेर मध्यरात नै कास्कीतर्फ लगिएका रवि लामिछानेमाथि अमानवीय व्यवहार नभएको दाबी गरेको छ ।
सभापति लामिछानेको गत बुधबार चितवनमा बयान लिएपछि मध्यराति नै पोखरा फर्काइएको भन्दै विरोध भइरहेको बेला चितवन प्रहरीले विज्ञप्ति जारी गरेको हो ।
सरकारी वकिल कार्यालयमा बयानका लागि लैजाने क्रममा भीडबाट ढुंगामुढा भएको र उनको सुरक्षामा प्रतिकूल प्रभाव पर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ । लामिछानेलाई चितवनबाट पोखरा पठाउन सन्दर्भका कतिपय सूचना कपोकल्पित र झुटा रहेको चितवन प्रहरीले दाबी गरेको छ ।
खराब मौसमका कारण हवाई मार्गबाट लैजान नसक्ने अवस्था भएपछि भीडबाट सुरक्षा चुनौती बढ्ने देखिएकाले विशेष सतर्कता अपनाइएको र स्थलमार्गबाट लिएर गएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति –
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google