पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेकाे आरोपमा भक्तपुरकी शिवा पक्राउ

दर्पण दैनिक २४ पुष २०८०,०७:४८
post

काठमाडाैं । पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरको चाँगुनारायणकी शिवा न्यौपाने पक्राउ परेकी छिन् । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्छ भनेर केदार उग्रकोटीबाट १२ लाख रुपैयाँ लिएपछि न्यौपाने फरार भएकी थिइन् ।

उनलाई आज साेमवार चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले पोर्चुगलमा मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर पैसा लिएको प्रहरीको भनाइ छ ।

यस्तै माल्टा पठाइदिन्छु भन्दै आठ लाख ९० हजार रुपैयाँ ठग्ने झापाको बिर्तामोडका विक्रम दाहाल पनि पक्राउ परेका छन् । उनले माल्टामा मासिक एक लाख रुपैयाँ कमाइ हुन्छ र त्यसका लागि नौ लाख रुपैयाँ लाग्छ भनेर ठगी गरेकाे प्रहरीले जनाएको छ ।

यसैगरी माल्टा नै पठाइदिन्छु भनेर तीन लाख रुपैयाँ ठग्ने मोरङको सुन्दरहरैँचाका टंकप्रसाद सुवेदी पनि पक्राउ परेका छन् । उनी क्यापिटल म्यानपावरका सञ्चालक पनि हुन् । पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: